काठमाडौं । काठमाडौंसहित पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।
गृहमन्त्रालयले काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा जयनारायण आचार्यलाई सरुवा गरेको छ । काठमाडौँमा कार्यरत जितेन्द्र बस्नेतलाई गृहमन्त्रालयमा तानिएको हो।
यस्तै, सिन्धुपाल्चोकमा किरण थापा, सिन्धुलीमा लिलाप्रसाद शर्मा र प्यूठानमा रमा आचार्य सुवेदीलाई प्रजीअको जिम्मेवारी दिइएको छ भने अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीमा बाबुराम अर्याल सरुवा भएका छन् ।