‘हिंसा’ शब्दप्रति संसदमा एमाले र माओवादी केन्द्र आमने सामने, बैठक स्थगित

Facebook
Twitter
WhatsApp

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले हिंसा शब्द संसदीय नै रहेको रुलिङ गरेपछि माओवादी केन्द्रले आपत्ति जनाएको छ ।

एमाले नेता एवं सांसद योगेश भट्टराई भदौ १२ गतेको प्रतिनिधि सभाको विशेष समयमा बोल्ने क्रममा माओवादी केन्द्रलाई लक्षित गर्दै जनयुद्धमा ‘हिंसा’ भएको उल्लेख गरेका थिए । उक्त शब्दबारे माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाएका थिए । उक्त शब्द असंसदीय रहेकाले संसदको अभिलेखबाट हटाउनुपर्ने माओवादीको माग थियो ।

सो शब्दबारे प्रतिनिधि सभा नियमावली २०७९ को नियम २१ मा भएको व्यवस्था, भदौ १८ गते बसेको कार्य व्यवस्था परामर्श समितिमा भएको छलफल र सचिवालयको रायसमेतको आधारमा विषय, प्रसंग र प्रस्तुतिलाई विचार गर्दा योगेश भट्टराईले प्रयोग गरेको हिंसा शब्द असंसदीय नदेखिएको सभामुख घिमिरेले रूलिङ गरेका थिए ।

सभामुख घिमिरेको रूलिङलगत्तै माओवादीका प्रमुख सचेतक पाण्डेले सभामुखको रूलिङ बेठीक रहेको बताए । उनले माओवादीले सभामुखको रूलिङको विरोध गर्ने पनि बताए । ‘यो शब्दका बारेमा जुन किसिमको ब्याख्या आएको छ, हाम्रो दल विरोध गर्दछ । यो बेठीक भएको छ । संविधानभन्दा माथि कोही हुँदैन । यसरी संविधान र कानुनको विपरीत शब्दहरु प्रयोग गर्दै जाने हो भने हामीलाई यसले कता लान्छ रु’ उनले प्रश्न गरे । सचिवालयले दिएको ब्याख्या आफूहरुलाई मान्य नरहेको पनि उनले बताए ।

ुहिँसाु शब्दको बहस लामो समय हुदा माओवादी केन्द्र र एमालेका सांसदहरु आमेन सामने भएका थिए । एमाले सांसद रघुजी पन्तले हिंसा शब्द संसदमा विगतमा पनि प्रयोग भएको उदाहरण दिदै माओवादीले संसदमा अनावश्यक बहस गरेको आरोप लगाएका थिए ।

माओवादीका सांसदहरुको निरन्तर अवरोधपछि आजको बैठक स्थगित भएको छ । अर्को बैठक आगामी भदौ ३० गते आइतबार बस्नेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top