काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब खादामाला लैजान नपाइने भएको छ ।
नेपाल नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सूचना जारी गर्दै खादा मालाले गर्दा सुरक्षा चेकजाँचमा समस्या भएको भन्दै खादा माला नल्याउन आग्रह गरेको हो ।
केही दिनअघि विमानस्थलमा वैदेशिक रोजगारीमा हिँडेका एकजना युवालाई विमानस्थलका प्रहरीले गाली गर्दै खादा निकाल्न लगाएको भिडिओ सार्वजनिक भएको थियो । उक्त भिडिओ सार्वजनिक भएपछि प्रहरीको रवैयाको चौतर्फी आलोचना भएको थियो । आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल भवन प्रवेश गर्दा हवाई यात्रुलाई परिवारका सदस्य तथा आफन्तले बिदाइ स्वरूप खादामाला लगाउने गरिएको छ।
‘हवाई यात्रुले लगाएर आउने खादामाला वा झोलामा बाँधेर ल्याउने खादाले सुरक्षा जाँचका क्रममा विमानस्थलका सुरक्षा उपकरणहरूमा गम्भीर क्षति पुर्याइरहेको छ,’ कार्यालयले बिहीबार निकालेको अपिलमा भनिएको छ, ‘यसले विमानस्थलको सौन्दर्यतामा पनि नकारात्मक असर पुगेको छ।’