पूजाको प्रसाद खाँदा ६० जना बिरामी

Facebook
Twitter
WhatsApp

झापा । पूजाको प्रसाद खाँदा झापाको अर्जुनधारा नगरपालिकामा ६० जना बिरामी परेका छन् ।

अर्जुनधारा नगरपालिका–९ को खरबन्दीमा स्थानीय रीता निरौलाकोमा बुधबार पूजा लगाइएको थियो। पूजामा ६० जनाभन्दा धेरैले प्रसाद खाएका थिए।

प्रसाद खाने सबै बिरामी परेका हुन्। पूजा घरमा पुगेर प्रसाद खाने धेरै बिरामी छन्। घरमा ल्याएको प्रसाद खाने पनि बिरामी भएका छन्।

अर्जुनधारा नगरपालिका–९ का वडा अध्यक्ष भीष्म मिश्रका अनुसार गाउँका स्थानीय र पूजाका लागि पाहुना आएका आफन्त गरी ५५–६० जना बिरामी भएका छन्। बिरामीको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ।

पूजामा प्रसाद खाएको केही समयपछि सबैलाई झाडावान्ता भएको थियो। ज्वरो पनि आएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top