काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
शीर्ष तीन नेताबीच बालुवाटारमा भेटवार्ता भएको हो । नेताहरुबीच समसामयिक राजनीतिक परिस्थिति, प्रधानमन्त्रीको आशन्न संयुक्त राष्ट्रसंघमा सहभागी हुने लगायत विषयमा छलफल भएको बताइएको छ ।
सत्तारुढ एमाले र काँग्रेसले उपसभामुखलाई हटाउने तयारी गरेपछि राजनीति पेचिलो बनिरहेको छ ।