राजदूतबारे निर्णय गर्ने संसदीय सुनुवाई विशेष समितिको बैठक स्थगित

Facebook
Twitter
WhatsApp

काठमाडौं । प्रस्तावित १७ देशका राजदूतबारे निर्णय गर्न डाकिएको संसदीय सुनुवाई विशेष समितिको बैठक स्थगित भएको छ ।

आइतबार बिहान ११ बजेका लागि समितिको बैठक डाकिएको थियो तर, अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित भएको संसद सचिवालयले जनाएको छ ।

गत महिना सरकारले भारत र चीनसहित विभिन्न १७ देशका लागि नयाँ राजदूत सिफारिस गरेको थियो । सरकारले गएको साउन १४ गते एकसाथ १८ देशका निम्ति राजदूतमा विभिन्न व्यक्तिका नाम

सिफारिस गरेको थियो । तीमध्ये एक जनाको नाम सरकारले फिर्ता लिएको थियो । सुनुवाइका निम्ति १७ जनाको नाम पठाइएको थियो ।

यस अघि सुनुवाई गरेको समितिले आज निर्णय गर्ने कार्यसूची रहेको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top