वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

Facebook
Twitter
WhatsApp

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी कम्बोडिया, मलेसिया, दुवई लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा महोत्तरी सानेमा गाउँपालिका-१ घर भई काठमाडौं तिलगंगा बस्ने ४४ वर्षीय त्रिलोक कुमार यादव, खोटाङ रावाबेसी गाउँपालिका-३ घर भई काठमाडौं चाबहिल बस्ने २५ वर्षीय राम प्रसाद रिजाल र सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ घर भई काठमाडौं बौद्ध आरूबारी बस्ने २० वर्षीय सुजन स्याङबो रहेका छन् ।

पक्राउ मध्ये त्रिलोक कुमारले ३ जना पीडितहरूबाट ३ लाख रूपैयाँ, राम प्रसादले ३ जना पीडितहरूबाट २ लाख ४० हजार रूपैयाँ र सुजनले १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले त्रिलोक कुमारलाई काठमाडौं बिजुलीबजारबाट, राम प्रसादलाई काठमाडौं चाबहिलबाट र सुजनलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको जनाएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top