गौर प्रादेशिक अस्पतालमा अख्तियारको छापा

Facebook
Twitter
WhatsApp

रौतहट । रौतहटको सदरमुकाम गौर स्थित प्रादेशिक अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले छापामारी गरेको छ । अख्तियारको टोलीले सोमवार राति प्रादेशिक अस्पतालमा छापामारी गरेको हो।

टोलीले अस्पतालको स्टोर रुममा खरिद अनुसारको औषधि उपकरण भए नभएको बुझी मुचुल्का गरि लगेका छन् । अख्तियारको टोलीले खोजे अनुसार परिमाणको उपकरण र सामाग्री नपाएपछि सोहि अनुसार मुचुल्का गरि लगेको अस्पताल श्रोतले जनाएको छ।

स्टोरमा रहेको उपकरण र औषधी बारे अख्तियारको टोलीले प्रादेशिक अस्पताल गौरका स्टोर किपर राम अश्रे मुखियासंग केहि बेर सोधपुछ गरेको थियो। अस्पताल बिकास समितिका अध्यक्ष अनवर साहमीले अख्तियारको टोली आएको पुष्टि गरेका छन् ।

मधेश प्रदेशका प्रादेशिक आपुर्ती समितिले प्रदेशभरी अस्पतालहरुमा आपुर्ती गरेको औषधी तथा स्वास्थ्य उपकरणमा अनियमितता भएको अख्तियारमा उजुरी परेपछि टोली परिचालन भएको अध्यक्ष हासमिले जानकारी दिएका छन् ।

हासमिका अनुसार अख्तियारको टोलीले प्रदेशको सबै प्रादेशिक अस्पतालमा औषधी र स्वास्थ्य उपकरण बारे छानबिन सुरु गरेको छ।

उता अस्पताल विकास समितिका अध्यक्ष अनवर हासमी र मेडिकल सुपरिटेन्डेन्ट मुरारी ठाकुरको मिलोमतोमा गोप्य टेन्डर गरि औषधी उपकरण खरिद, टाईल्स मार्बल जडान, मर्मत संहार, टिकट काउन्टरको रकम हिनामिना, भवन रङरोगन, ईन्धन, न्यानो झोला बितरण, करार कर्मचारी भर्ना देखि निजि क्लिनिक र ल्याबसंग साठगाठ गरेको बिभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन हुँदै आएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top