राजेन्द्र महतोले घोषणा गरे नयाँ पार्टी

Facebook
Twitter
WhatsApp

काठमाडौं । पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै महतोले आफ्नै नेतृत्वमा ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक पार्टी घोषणा गरेका हुन् ।

पार्टी घोषणा गर्दै महतोले देशको विद्यमान सबै प्रकारका विभेद, असमानता, शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचार, भ्रष्टाचार, कुसंस्कार सँस्कृतिबाट देशलाई मुक्ति दिलाई देशका सबै पहिचान, वर्ग, समुदाय,धर्म, जात—जाति,क्षेत्र,लिङगका जनतालाई अधिकार, पहिचान, स्वाभिमान, स्वशासन, सुशासन, सम्बृद्धि, सामाजिक न्याय तथा सभ्यता र संस्कृतिको रक्षाको निमित्त हिमाल, पहाड, तराई मधेशका जनता अब सँगै मिली एकतावद्ध भई राष्ट्रिय मुक्ति क्रान्त्ति गर्नु अपरिहार्य भएको बताएका छन् ।

नयाँ पार्टी घोषणा गरेका महतोले तत्कालै पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिईने पनि जानकारी दिएका छन् । महतोले घोषणा गरेको नयाँ पार्टीलाई सामाजिक अभियान्ता सुमन सायमीले पनि साथ दिएका छन् । गत आम निर्वाचनमा काठमाडौं ८ बाट स्वतन्त्र उम्मेदवार बनेका सामयी दोस्रो भएका थिए । त्यसयता उनी महतो नेतृत्वको अभियानमा सक्रिय बनेका थिए ।

पार्टी घोषणा गर्दै महतोले भनेका छन्, ‘देशको विद्यमान सबै प्रकारका विभेद, असमानता, शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचार, भ्रष्टाचार, कुसंस्कार सँस्कृतिबाट देशलाई मुक्ति दिलाई देशका सबै पहिचान, वर्ग, समुदाय,धर्म, जात—जाति,क्षेत्र,लिङगका जनतालाई अधिकार, पहिचान, स्वाभिमान, स्वशासन, सुशासन, सम्बृद्धि, सामाजिक न्याय तथा सभ्यता र संस्कृतिको रक्षाको निमित्त हिमाल, पहाड, तराई मधेशका जनता अब सँगै मिली एकतावद्ध भई राष्ट्रिय मुक्ति क्रान्त्ति गर्नु अपरिहार्य भएको छ ।’

महतोले चलाउदै आएको अभियानलाई पार्टीको रुपमा रुपान्तरण गर्ने गरी राष्ट्रिय मुक्ति क्रान्तिको मिति २०८१ असोज १ गते बसेको राष्ट्रिय समितिको बैठकले राजेन्द्र महतोको अध्यक्षतामा “राष्ट्रिय मुक्ति क्रान्ति नेपाल” नामक राजनीतिक दल गठन गर्ने निर्णय गरेको छ ।

बैठकले सोको जानकारी निर्वाचन आयोगलाई दिने र कानुनी सबै प्रकृया पूरा गरी विधिवत रुपमा निर्वाचन आयोगमा दल दर्ता सम्वन्धि सवै कागजातमा हस्ताक्षर गर्ने तथा दल दर्ता गराउन सबै अधिकार राष्ट्रिय मुक्ति क्रान्ति नेपालका अध्यक्ष राजेन्द्र महतोलाई दिने निर्णय गरेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top