राउटे युवकको मृत्यु

Facebook
Twitter
WhatsApp

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षिय वृषबहादुर शाही रहेका छन् ।

६ महिना देखि बिरामी भएका उनी प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनलाई टीबी भएको प्रदेश अस्पताल सुर्खेतले जानकारी दिएको छ । अस्पतालले उनको उपचार हुन नसक्ने बताएपछि राउटेबस्ती लैजादै गर्दा उनको बाटोमै बुधबार राति मृत्यु भएको हो । उनलाई धेरै बिरामी भएपछि मात्र अस्पताल ल्याईएको बताइएको छ ।

अहिले राउटे समुदाय दैलेखको गुराँस गाउँपालिका–१ सिमेसालमा बसिरहेका छन् । उनको मृत्युपछि राउटेको संख्या १३४ मा झरेको छ ।

राउटेहरुको स्वास्थ्यमा समस्या आउदा समयमा उपचार नगर्ने र जीवनशैलीका कारण जनसंख्या हरेकबर्ष घटिरहेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top