काठमाडौं। सुप्रिम बचत तथा ऋण सहकारी संस्थाकी कर्मचारी रोशनी गुरुङले आफूले रवि लामिछानेको नाममा खाता खोलेको बताएकी छिन् । तर उनले आफूलाई खातावाला रवि लामिछाने को हुन् भन्ने थाहा नभएको उनले बताएकी हुन् ।
उनले व्यवस्थापक सागर केसीको निर्देशनमा खाता खोलेको र दुई करोड जम्मा गरेको बताएकी हुन् ।
‘रवि लामिछानेको नाममा खाता खोल्न लगाउनु भयो, मैले खाता खोलेको थिएँ । उक्त खतावाला को हुन् मलाइ थाहा भएन । यस विषयमा समाचारमा रोसनीले नै पूर्वउपप्रधान तथा गृहमन्त्री एवं प्रतिनिधि सभाका माननीय सदस्य रवि लामिछानेको खाता खोलेको भन्ने समाचार आएर मलाई साथीहरुले लिंक पठाउन थालेपछि यस्तो पो रहेछ कि भन्ने मलाई लाग्यो । संस्थामा हामीले व्यवस्थापक सागर केसीले भने अनुसार सबै काम गर्ने गर्थ्यौं’, उनले भनिन् ।