रौतहटमा फैलियो झाडा पखला

Facebook
Twitter
WhatsApp

रौतहट । रौतहटको स्थानीय राजपुर नगरपालिका क्षेत्र अन्तर्गत झाडा पखालाको प्रकोप फैलिएको छ भने केहीमा हैजाको जस्तो संकेत देखिएको छ ।

राजपुर ३ र ४ मा झाडा पखालाको प्रकोप फैलिएको छ । सो मध्ये केही बिरामीमा हैजाको जस्तो संकेत देखा परेको हो। विहिवार र शुक्रवार आज २२ जना झाडा पखालाका बिरामी उपचार गराउन प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा गएका थिए । सो मध्ये ७ जना बिरामीको दिशाको सेम्पल टेष्टको लागि प्रादेशिक अस्पताल गौरमा लगीएको थियो । प्रादेशिक अस्पतालमा आरडिटी प्रविधिबाट सेम्पल परिक्षण गर्दा ६ जनाको सेम्पल पोजेटिभ अर्थात हैजाको किटाणु फेला परेको स्वास्थ्य संयोजक खुर्शैद आलमले बताएका छन्।

२२ जना बिरामी मध्ये प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा महिला १०, बालबालिका ७ र एक जना पुरुष गरी अहिले १८ जना भर्ना गरेर उपचार भईरहेको राजपुरका आलमले बताएका छन् । ४ जना उपचारपछि घर फर्किसकेका उनले जानकारी दिएका छन् ।

प्रादेशिक अस्पताल गौरमा आरडिटी टेष्टबाट ६ जनामा पोजेटिभ देखिएको छ। उक्त टेष्ट सत प्रतिसत भरपर्दो नहुँदा सेम्पलको कल्चर गराउनका जनकपुरधाम पठाउने तयारी भईरहेको स्वास्थ संयोजक आलमले जानकारी दिएका छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top