नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाले ज्ञमन्ते र पोके व्यवसायमा प्रतिवन्ध लगाएको छ ।
घुमन्ते र पोके व्यवसाय गर्ने व्यक्तिहरूले अखाद्य गुणस्तरहीन र म्याद गुज्रिएका सामान बिक्री वितरण गर्ने पाइएकमो साथै विभिन्न प्रलोभनमा पारेर जनता ठग्ने, चोरीचकारी गर्ने साथै निषेधित कार्यहरू गर्ने गरेको पाइएकाले घुमन्ते र पोके व्यवसायलाई प्रतिबन्ध गरिएको गाउँपालिका अध्यक्ष शिव अधिकारीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
कानून तथा नियम अनुसार गाउँपालिकाभित्र व्यापार व्यवसाय गर्दा कर कार्यालय र स्थानीय तह अन्तर्गत दर्ता हुनुपर्ने नियम रहेको पालिकाले स्मरण गराएको छ ।
यस्ता, घुमन्ते र पोके व्यवसायी गाउँपालिकामा प्रवेश गरेमा पहिलो पटक सचेत गराउने र अटेर गरे जरिवाना गरी आवश्यक परे नियन्त्रणमा लिई कारवाहीको लागि प्रहरी चौकीमा पु¥याउन गाउँपालिकाले सम्बन्धित निकालयलाई अनुरोध पनि गरेको छ ।
