काठमाडौं । अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज भेटवार्ता हुने भएको छ ।
आज साँझ उहाँहरूबीच भेट तय भएको बताइएको छ । उनीहरूबीच स्थानीय समयअनुसार साँझ साढे पाँच बजेदेखि ६ बजेसम्म होटेल लोटे न्युयोर्क प्यालेसमा ‘साइडलाइन’ भेटवार्ता हुने प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ।
नेपालले प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण तय भएदेखि मोदीसँग भेटवार्ताका लागि पहल गर्दै आइरहेको थियो ।