दुर्गा प्रसाई अस्पतालबाट डिस्चार्ज

Facebook
Twitter
WhatsApp

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाई वीर अस्पतालबाट डिस्चार्ज भएका छन् । पक्राउ परेकै दिन प्रसाईको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पतालमा भर्ना गरिएको थियो ।

प्रसाईलाई उच्च रक्तचापको समस्या देखा परेको थियो । प्रसाईलाई प्रहरी बृत्त सिंहदरबारमा राख्ने तयारी भइरहेको बताइएको छ ।

प्रसाईंलाई आइतबार दिउँसो उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सदस्य ज्वाला संग्रौलाको उजुरीको आधारमा प्रसाईलाई अदालतको अनुमति लिएर प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top