काठमाडौं । सरकारी वकिलले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग आज बयान लिएको छ।
उनीसँग करिब २ घण्टा बयान लिएको हो । साइबर क्राइमको आरोपमा पक्राउ परेका प्रसाईँले आरोप कबुल गरेका छन्। प्रहरीले आइतबार उनलाई उनकै भक्तपुरस्थित निवासबाटै नियन्त्रणमा लिएको थियो।
प्रसाईंविरुद्ध विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने, वेश्यावृत्ति गरेको आरोप लगाउने तथा आपत्तिजनक अभिव्यक्ति दिने गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य लगायत पीडित महिलाले साइबर ब्युरोमा उजुरी दिएका थिए।