छलछाम गरेर पक्राउ गर्न खोजिए स्वीकार्य छैन : रवि लामिछाने

Facebook
Twitter
WhatsApp

काठमाडौं, ८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले छलछाम गरेर पक्राउ गर्न खोजिए स्वीकार्य नहुने बताएका छन् ।

आज फेसबुक लाइभ गर्दै लामिछानेले आफूलाई सहकारी छानबिन समितिले सहकारी ठगीमा निर्दोष सावित गरेको दावी गर्नुहुँदै अन्याय गर्न नहुने बताउनु भएको हो ।

उहाँले आफू पक्राउ पर्न तयार रहेको पनि बताउनुभयो । ‘मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन । आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ । तर, छलछाम स्वीकार्य छैन,’ उनले भने ।

उनले एपिवान टेलिभिजनमा पनि सहकारीको रकम आएको प्रतिवेदनमा उल्लेख रहेको भन्दै यो विषयमा मौनता साँधिएको टिप्पणी गरे । आफूलाई मात्रै टार्गेट गर्न खोजिएको उनले बताए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top