रवि लामिछानेको प्रश्न– कान्तिपुरलाई खुशी नपारी बाँच्न नपाइने हो ?

Facebook
Twitter
WhatsApp

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फेरि कान्तिपुर मिडियाको नियतमाथि प्रश्न उठाएका छन् ।

कान्तिपुरले आज लामिछानेकै योजनामा सहकारी ठगी गरेर रकम ल्याइएको भन्दै छविलाल जोशीले बयान दिएको भनि समाचार प्रकाशित गरेपछि लामिछोले त्यसको खण्डन गर्दै यस्तो बताएका हुन् । कास्कीमा सरकारी वकिलको कार्यालयले हिजो जोशीसँग बयान लिएकोमा कान्तिपुरले आजै जोशीको बयान भन्दै लामिछानेविरूद्व समाचार लेखेको हो ।

‘हिजो राती दिएको बयान हिजै कान्तिपुरले पाइसकेछ। आजै छापीपनि सकेछ। बयान पनि कस्तो ठ्याक्कै कान्तिपुरलाई चाहिएको जस्तै फेरि ? संसदीय समितिमा छविलाल जोशीका बयानको मसि सुकेको छैन। महिना दिन अघिका ताजा बयान लिखित रुपमा सार्वजनिक छन्। कान्तिपुरको नियत बारे त मैले फेरि भनिराख्नु परेन,’ लामिछानेले लेखेका छन् ।

उनले कान्तिपुरले मिडिया ट्रायल गरेर आफूलाई फसाउन खोजिएको आशंका गर्दै कान्तिपुरलाई खुशी नपारी बाँच्नै नपाइने हो ? भन्दै प्रश्न गरेका छन् । यस्तै लामिछानेले कान्तिपुरसँग कुरा गर्न आफू तयार रहेको तर त्यसको सारा जनताले देख्नेगरी लाइभ गर्नुपर्ने चुनौती दिएका छन् ।
उनले लेखेका छन्-

हिजो राती दिएको बयान हिजै कान्तिपुरले पाइसकेछ। आजै छापीपनि सकेछ। बयान पनि कस्तो ठ्याक्कै कान्तिपुरलाई चाहिएको जस्तै फेरि ? संसदीय समितिमा छविलाल जोशीका बयानको मसि सुकेको छैन। महिना दिन अघिका ताजा बयान लिखित रुपमा सार्वजनिक छन्। कान्तिपुरको नियत बारे त मैले फेरि भनिराख्नु परेन। गलत लेख्ने फेरि माफी माग्ने, फेरि अफवाह लेख्ने , फेरि माफी माग्ने।
मलाई कसरी फसाउन सकिन्छ भनेर रचिदै गरेको षड्यन्त्र बारे कान्तिपुरले आज Question Out गरेछ, सुचना चुहाएर हाम्रो आशंकालाई सहि सावित गराएछ। जसरी खोया काण्डमा पहिले नै समाचार लेखियो र पछि माफी पनि मागियो। सहकारी ठगीमा संलग्न नभएको मान्छे सहकारी ठगीमा प्रतिवादी कसरी हुन्छ ? पत्रीकाको First पेज देखि Last पेजसम्म रवि रवि रवि लेखेर हुने हो र ? यस्तो घिन लाग्दो मिडिया ट्रायल कान्तिपुरले गर्नु नौलो कुरा होइन। एउटै समाचारले मान्छेको करियर सक्काउन सक्छु भन्ने घमण्डले चुर कान्तिपुरले आफ्नो पुरै शक्ति र सम्पत्ति मेरा विरुद्ध लगाउछु भनेको जानकारी मलाई छ।न्याय र सत्य पनि किन्छु भन्दा आज कहाँ पुग्यो कान्तिपुर। इतिहासमा लोकतन्त्रको पक्षमा सबैभन्दा धेरै लेख्ने मिडिया कान्तिपुर भन्थे तर आजको मितिमा सबै भन्दा बढि अफवाह फैलाउने र माफी माग्ने मिडिया कान्तिपुर प्रमाणित भएको छ। उसले लाज पचाएर माफि नमागेका समाचार त कति छ्न् कति। म त सामान्य संचारकर्मी बाट देशको उपप्रधानमन्त्री मन्त्री र २१ सांसद सहित चैथो दलको नेता सम्म भैसकें। एउटा आम मान्छेका लागि यो आफैमा गौरव हो। म यहि मोडमा हारें भनेपनि त्यति तल झर्दिन जति तल आज त्यत्रो गौरव बोकेको कान्तिपुर झरिसक्यो। मेरो लडाइ त बाँकी छ, तर त्यो कान्तिपुर सँगै होइन।
अब सरकारले जवाफ दिनुपर्छ, कान्तिपुरलाई खुसी नपारी बाँच्न नपाइने हो ? तिम्रो मालिक कान्तिपुर होला मेरा मालिक जनता हुन्। समिति, प्रहरी, अदालत भन्दा कान्तिपुर ठुलो हो भने ठिक छ। म कान्तिपुरसँग कुरा गर्न आउँछु। आफ्ना भए भरका पत्रकार र प्रश्न ठिक पारेर राख्नु। सारा जनताले हेर्ने गरी तिम्रो प्राङ्गणमा वा सार्वजनिक स्थानमा LIVE गर्ने व्यवस्था गर्नु। परेको जिम्मा सरकारले र कान्तिपुरले लियोस्। यो अत्याचार विरुद्ध म लड्छु।
यदि यसो होइन भने, सरकारले तुरुन्तै आज कान्तिपुरमा प्रकाशित समाचारको खण्डन गरोस् र भ्रम छर्ने कान्तिपुरलाई तुरुन्तै कारबाहीको दायरामा ल्याओस्। अब कान्तिपुरले मागेको माफीले मात्रै पुग्दैन।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top