दुई दिनको पानीले दुईतिहाइ सरकारको औकात देखायो : रास्वपा

Facebook
Twitter
WhatsApp

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रवि, रास्वपा, र सहकारी यही तीन खम्वामा राजनीति अड्किँदा सरकार प्राकृतिक प्रकोपको सामनामा चुकेको निस्कर्ष निकालेको छ ।

आइतबार बसेको केन्द्रीय समिति बैठकपछि रास्वपा प्रवक्ता मनिषा झाले पत्रकारहरुसँग कुराकानी गर्दै सरकार, गठबन्धन, गठबन्धन आवद्ध राजनीतिक दल र राजनीतिक कार्यकर्ता सबैको राजनीति सबै ‘रवि, रास्वपा, र सहकारी’ यही तीन खम्वामा अड्किएको कारण प्राकृतिक विपत्ति आउँदै गर्दा सामना गर्न कोही तयार नभएको बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘सहकारीको विषयमा पटक–पटक धेरै चर्चा गरिसक्यौं । अब देश र राजनीति यो भन्दा अघि बढे हुन्थ्यो भन्ने हाम्रो धारणा हो । सबै यसैमा अड्किंदा मूल्य के हुन्छ भन्ने कुरा पनि देख्यौं । सरकार, गठबन्धन, गठबन्धन आवद्ध राजनीतिक दल र राजनीतिक कार्यकर्ता सबैको राजनीति सबै यही तीन खम्वामा अड्किएको थियो । योबाहेक अरु कसैले केही सोचिराखेको थिएन । त्यसैले यस्तो प्राकृतिक विपत्ति आउँदैगर्दा कोही तयारी अवस्थामा थिएनन् । त्यसैले आवश्यक परेको बेला के गर्नुपर्छ सरकारी संयन्त्रले भन्ने कुरामा चुक्यो ।’

त्यस्तै उहाँले मोबाइलको रिङटोन बजाउँदैमा राज्य संयन्त्रको जिम्मेवारी पूरा नहुने भन्दै सरकारको असक्षमता र अकर्मण्यता देखिएको टिप्पणी गर्नुभयो । दुई दिनको पानीले दुईतिहाइ सरकारको औकात देखाएको भन्दै उहाँले पहिलो र दोस्रो दल चुनौती पार लगाउने काममा नभइ बालेन, हर्क, कुलमानलाई लखेट्न मात्र बनेको उहाँले आरोप लगाउनुभयो । ‘हामीले सरकारको असक्षमता र अकर्मण्यता देख्यौं । मोबाइलको रिङटोन बजाउँदैमा राज्य संयन्त्रको जिम्मेवारी पूरा हुँदैन । जोखिम हुनेछ भन्ने आँकलन पहिल्यै थियो तर काम भएन । राजनीतिक टिप्पणी नै गर्ने हो भने दुई दिनको पानीले दुईतिहाइ सरकारको औकात देखायो । पहिलो र दोस्रो दल मिलेर जस्तोसुकै चुनौति पार लगाउनसक्छ भन्ने सोचेको थियौं । तर, यो गठवन्धन त बालेन, हर्क, कुलमानलाई लखेट्न मात्र बनेको रहेछ । खोइ त तयारी ?’ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top