बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति साउदी राजपरिवारद्वारा दुःख व्यक्त

Facebook
Twitter
WhatsApp

काठमाडौं । साउदी अरेबियाका राजा सल्मान तथा प्रधानमन्त्रीसमेत रहनुभएका साउदी राजकुमार मोहम्मद बिन सल्मान बिन अब्दुलाजिज अल साउदले नेपालमा वर्षाको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेललाई पठाउनुभएको अलग–अलग दुई सन्देशमा नेपालले पुनःनिर्माणलाई तीव्र रुपमा अघि बढाउने विश्वास व्यक्त गर्दै साउदी अरबले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका सन्देशमा उल्लेख छ ।

यसैबीच, नेपालस्थित साउदी राजदूतावासले प्रकाशन गरेको सन्देशमा बाढीपहिरोमा परी कयौँ व्यक्तिको मृत्यु भएकाप्रति श्रद्धाजञ्ली अर्पण गर्दै घाइतेको उपचार तथा उद्धार र राहतमा नेपाल सरकार र जनताप्रति साउदी अरबको ऐक्यबद्धता रहने प्रतिबद्धता व्यक्त गरिएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top