बाढीपहिरोबाट भएको क्षति, उद्वार र राहतबारे रास्वपा नुवाकोटले गरायो सरकारको ध्यानाकर्षण

Facebook
Twitter
WhatsApp

नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटले बाढीपहिरोबाट भएको जनधनको क्षति साथै राहत र उद्वारको विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।

आज रास्वपा नुवाकोट सभापति रामेश्वर गजुरेल नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराएको हो । मौसम पूर्वानुमान महाशाखाले ५६ जिल्लामा रेड अलर्ट जारी गर्दा समेत विपद् व्यवस्थापनमा राज्यको पूर्वतयारीमा भएका कमी कमजोरीका कारण देशले ठूलो जनधनको क्षति व्यहोर्नु परेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीको ध्यानाकर्षण भएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

यस्तै रास्वपाले महान चाड दशैं, तिहार, नेपाल सम्बत, छठ पर्व नजिकिँदा आवतजावत बढ्ने भएकाले यसलाई मध्यनजर गर्दै आइपर्न सक्ने विपद्‌को पूर्व तयारीका लागि सुझावहरू पनि दिएको छ ।

घाइते तथा पीडित नागरिकको उद्धारमा तीव्रता दिई यथाशीघ्र उचित उपचारको व्यवस्था गर्न तथा तत्काल गाँस र बासको व्यवस्था मिलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने कार्यलाई तीव्रता दिने कार्यलाई पहिलो प्राथमिकतामा राख्न तथा विपतमा परी ठूलो संख्यामा भएको मृतकको खोजी संकलन तथा पीडित परिवारलाई दाहसंस्कार गर्न सहयोग गर्न अत्यावश्यक भएकोमा पनि रास्वपाले सरकारको ध्यानाकर्षण गराएको हो ।

अधिकांश राजमार्गमा पुलहरू भत्किएकाले अस्थायी वेली ब्रिजको ययाशीघ्र व्यवस्था गर्न आग्रह गर्दै राजमार्ग र अन्य सहायक मार्गहरूको अवस्था सुधार्न पनि माग गरिएको छ ।

यस्तै, चाडपर्वमा हुने सक्ने चोरी डकैती तथा आपराधिक घटना बढ्ने, दैनिक उपभोग्य सामानको बजारमा कृत्रिम अभाव सृजना गरी कालोबजारी मौलाएकोले बजार अनुगमनलाई तीव्रता दिई व्यवसायीलाई आतंकित नबनाई समन्वयात्मक भूमिकामा उपभोक्ताको अधिकार र आपूर्ति व्यवस्थालाई सुनिश्चित गर्न रास्वपाले जिल्ला प्रशासन कार्यालयको पनि ध्यानाकर्षण गराएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top