ठगलाई जेल कोचेर आएको हुँ, मैले सहकारीको रकम अपचलन गरेको छैन : रवि लामिछाने

Facebook
Twitter
WhatsApp

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नम्बर दुईका सांसद रवि लामिछानेले सहकारीको विषयमा एक व्यक्तिलाई मात्रै केन्द्रीत गरिँदा सहकारी पीडितमाथि अन्याय भएको बताएका छन् ।

आज चितवनमा आफ्ना मतदातासँग सार्वजनिक सुनुवाई गर्दै लामिछानेले विभिन्न रिपोर्टहरूले सहकारीको दुई खर्ब पचहत्तर अर्ब अपचलन भएको देखाएकोमा एक व्यक्तिमाथि मात्रै प्रतिशोधपूर्ण अनुसन्धान गर्दै पीडितलाई अन्याय भएको र इतिहासले यसको मूल्यांकन गर्ने बताएका हुन् ।

आफूले कुनै पनि सहकारीको पैचा अपचलन नगरेको उनले स्पष्ट पारे । आफू कयौँ ठगहरूलाई जेल कोचेर राजनीतिमा आएको मान्छे भएको उनको भनाइ छ ।

अहिले पनि प्रतिवेदनको पाना पल्टाएर कुन न्यायाधीस, वकिल, पार्टीको मान्छेसँग कहाँ बहस गर्नुपर्ने आफू तयार रहेको उनले दावी गरे ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top