यात्रुहरुको समस्या सुन्न प्रहरी सहायता कक्ष स्थापना

Facebook
Twitter
WhatsApp

काठमाडौं । नेपाल प्रहरीले महान चाड दशैंलाई लक्षित गरी देशको विभिन्न स्थानहरुमा यात्रुहरुलाई पर्न सक्ने समस्यालाई केन्द्रित गरि यात्रु सहायता कक्ष स्थापना गरेको जनाएको छ ।

प्रहरीले चाडपर्वमा यात्रा गर्दा साबिक भाडादर भन्दा बढी भाडा लिएमा नजिकैको टाफिक प्रहरी कार्यालय, सहायता कक्ष तथा हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

साथै अविरल वर्षाका कारण विभिन्न स्थानहरुमा बाढी तथा पहिरोले गर्दा सडक अवरुद्ध रहेको र प्रहरी परिचालन भई बाटो खुलाउने प्रयास भइरहेको हुँदा लामो यात्रामा निस्किनु भन्दा पहिला नजिक वा सम्बन्धित जिल्ला प्रहरी कार्यालय अथवा केन्द्रीय प्रहरी परिचालन कक्षको नम्बर ९८५१२८५६३५ वा प्रहरीको कन्ट्रोलको १०० नम्बरमा सम्पर्क गर्न सकिने जानकारी दिएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top