दाङमा युवतीमाथि सामूहिक बलात्कार, प्रेमीसहित चारजना पक्राउ

Facebook
Twitter
WhatsApp

दाङ । दाङमा १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार आरोपमा चार जना पक्राउ परेका छन्।

गढवा गाउँपालिका वडा नम्बर ५ चैनपुरका १९ वर्षीय किरण चौधरी, २४ वर्षीय सन्जित चौधरी, १९ वर्षीय धिरज चौधरी र २१ वर्षीय सन्दीप चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी ईश्वर थापाका अनुसार किरणले ती युवतीलाई विवाह गर्ने बहाना बनाएर मंघरस्थित ह्युमपाइप बनाउने घरमा बोलाएका थिए। किरणलाई भेट्न बुधबार जाँदा त्यहाँ अन्य तीन जना पनि बसिरहेका थिए।

उनीहरूले सामूहिक बलात्कार गरेपछि बिहीबार बिहान युवती इलाका प्रहरी कार्यालय गढवामा पुगेकी थिइन्। इलाका प्रहरी कार्यालयमा पुगेर उनले प्रहरी निरीक्षक कालिका कार्कीसँग घटनाबारे जानकारी गराइन्।

प्रहरी निरीक्षक कार्कीका अनुसार किरण र ती युवती दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए। विवाह गर्ने प्रलोभनमा पारेर किरणले आफूमाथि बलात्कार गरेको र अन्य पुरूषले पनि बलात्कार गरेको प्रहरीसमक्ष उनले बयान दिएकी छिन्।

डीएसपी थापाका अनुसार घटना किरणकै योजनामा भएको हो। ‘दिउँसो उनीहरू चारै जनाले सँगै बसेर रक्सी खाएको र सोही क्रममा सामूहिक बलात्कारको योजना किरणकै सल्लाहमा बनेको खुल्छ,’ उनले भने।

पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय गढवाको थुनुवा कक्षमा राखिएको छ। उनीहरूविरूद्ध अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

साथै पीडित युवतीलाई काउन्सिलिङ गर्ने काम भइरहेको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top