प्रकाशमानसिंह राउत प्रधानन्यायाधीश नियुक्त

Facebook
Twitter
WhatsApp

काठमाडौं । प्रकाशमानसिंह राउत प्रधानन्यायाधीश नियुक्ति भएका छन्। संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन्।

राउतले आज दिउँसो १ बजे शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिनेछन्। अघिल्ला प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ असोज १८ मा अवकाश भएपछि राउत प्रधानन्यायाधीश बनेका हुन्।

संवैधानिक परिषदको बैठकले भदौ ३१ मा राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो। संसदीय सुनुवाइ समितिले असोज १६ मा राउतको नाम अनुमोदन गरेको थियो।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top