काठमाडौं । सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र सम्पादक नविन ढुंगानाअदालती प्रक्रिया पुरा गरेर कारागारमुक्त भएका छन् ।
समाचार लेखेकै कारण अदालतको अवहेलना मुद्दामा केन्द्रिय कारागार सुन्धारामा रहेका कँडेल र ढुंगाना आइतबार प्रक्रिया पुरा गरेर कारागारमुक्त भएका हुन् ।
सर्वोच्च अदालतको नौं सदस्यीय बृहत पूर्ण इजलासले आइतबार अदालतको मानहानी गरेको ठहर गर्दै उनीहरु दुवैलाई जनही तीन महिना जेल सजाय सुनाएको थियो । तर उनीहरुले माफी मागेपछि सात दिन थुनामा राख्न आदेश दिइएको थियो ।