नुवाकोटका जनतालाई होटल वाटर टावरमा २० प्रतिशत छुट

Facebook
Twitter
WhatsApp

नुवाकोट । नुवाकोट लगायत छिमेकी जिल्लाका जनतालाई होटल वाटर टावरले विशेष छुट दिने भएको छ । होटलले नुवाकोट र रसुवा लगायतका छिमेकी जिल्लाका सर्वसाधारणलाई खाना तथा पेय पदार्थमा २० प्रतिशत छुट दिने भएको हो ।

हिम–नदी पर्यटन सहकारी संस्था लिमिटेडको ११ औ वार्षिक साधारणसभाको निर्णय अनुसार होटलले नुवाकोट तथा छिमेकी जिल्लाका स्थानीयहरुलाई होटलमा विभिन्न किसिमको छुट तथा सुविधा प्रदान गर्ने निर्णय गरेको हो ।

त्यस्तै होटलले कोठा बुकिङमा नुवाकोट र रसुवाका जनताहरुलाई २५ प्रतिशत छुट दिने व्यवस्था मिलाइएको हिम–नदी पर्यटन सहकारीका संस्थाका अध्यक्ष कसुमकुमार कार्कीले जानकारी दिए ।

तत्कालको लागि होटलले छुट सदस्यता कार्ड प्रदान गर्ने र पछि डिजिटल प्रविधिको प्रयोगबाट छुट सविधा दिने सिदार्थ होटल वाटर टावर बट्टारका म्यानेजर मनिक हुमागाईले बताए । छुट सुविधा २०८१ पौष मसान्तसम्म लागु हुनेछ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top