कास्की । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारविरूद्व देशैभर उत्रन आह्वान गरेका छन् ।
आज कास्की जिल्ला अदालतमा उपस्थित हुने क्रममा लामिछानेले अधिनायकवादी ओली सरकारका विरूद्ध देशैभरि देशका लागि बाहिर निस्कने बेला आउन सक्ने बताएका हुन् ।
‘मलाई न्याय अदालतले दिन्छ, तर यो सरकारको विरूद्ध देशैभरिबाट सबैजनालाई उत्रन आह्वान गर्छु,’ लामिछानेले भने, ‘मेरो लागि होइन, मलाई त अदालतले न्याय दिन्छ। अधिनायकवादी ओली सरकारका विरूद्ध देशैभरि देशका लागि बाहिर निस्कने बेला आउन सक्छ।’
केपी ओलीको शासन रहेसम्म देश नबन्ने उनले स्पष्ट पारे ।
‘केपी ओलीको शासन सत्ता रहेसम्म, यो सरकार रहेसम्म यो देश बन्दैन,’ उनले भने, ‘मलाईजस्तै डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गर्ने हो भने सबैभन्दा धेरै भ्रष्टाचारको जगमा उभिएको मानिस हो। ओली देशको प्रधानमन्त्री भएकोमा दुर्भाग्य हो।’