शान्तिपूर्ण आन्दोलमा सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै दमन भयो : तोसिमा कार्की

Facebook
Twitter
WhatsApp

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले प्रहरी प्रशासनले शान्तिपूर्ण आन्दोलमा दमन गरेको बताएकी छन् ।

आइतबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले शान्तिपूर्ण आन्दोलनमा लाठ्ठि चार्ज गरेर पानीको फोहोरा प्रहार गर्नु शान्तिपूर्ण आन्दोललाई दमन गरेको बताएकी हुन् ।

उनले भनिन्, ‘पानीको फोहोरा प्रहार गर्नु,लाठ्ठि चार्ज गरेर शान्तिपूर्ण आन्दोलनको दमन गर्नु प्रहरी प्रशासनबाट यो हुनु हामीलाई जायज छैन । भुँईमा बसेर शान्तिपूर्ण तरिकाले आन्दोलन गरिराख्दाखेरी जसले विधिको शासन जोगाउनुपर्ने , सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै यसरी दमन हुन्छ भने हामी विधि भन्दा बाहिर गएको शासनलाई विधिभित्र ल्याउने काम गर्नेछौं ।’

साथै उनले बन्द भएका नाकाहरु तत्काल प्रहरी प्रशासनले खोल्नुपर्ने माग गरिन् । उनले घुसपैठ गरेर असभ्य, असक्षम कामहरु नगर्न प्रहरी प्रशासनलाई सचेत गराएकी छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top