पोखरा । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ६ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
कास्की जिल्ला अदालतले आज उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
अनुसन्धान गर्न म्याद थपका लागि लामिछानेलाई आज जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासमा पेस गरिएको थियो ।