काठमाडौं । एमालेलाई भाटभटेनीका सञ्चालक मिनबहादुर गुरूङको दिएको जग्गाविरूद्व परेको रिट हेर्न नमिल्नेमा परेको छ ।
न्यायाधीश नहकुल सुवेदीले मुद्वा हेर्न नमिल्नेमा पठाएका हुन् । सुवेदीको एकल इजलासमा १२ वटा मुद्दा पेसी चढेका थिए। उनले बाँकी सबै मुद्दा हेरिसकेर केहीबेर जग्गादानसम्बन्धी रिटमा पनि छलफल भएको थियो।
तर, न्यायाधीश सुवेदीले मीनबहादुर जोडिएको ललिता निवास जग्गा प्रकरणको मुद्दा आफूले हेरिसकेकाले अहिलेको मुद्दा नहेर्ने भनेपछि सुनुवाइ हुन सकेन।