काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंमा पनि आन्दोलन गर्ने भएको छ ।
पार्टीले आज शुक्रबार काठमाडौंमा सरकारविरूद्व प्रदर्शन गर्न लागेको हो । दिउँसो एक बजे माइतीघर मण्डलामा जम्मा हुन रास्वपाले नेता कार्यकर्तालाई आह्वान गरेको छ ।
आन्दोलनमा उपत्यकाका तिन ओटै जिल्लाका रास्वपा नेता र समर्थहरुको बाक्लो उपस्थिति रहने अनुमान गरिएको छ।