जनआस्थाले रविलाई फसाउन यसरी उडायो पत्रकारिताको धज्जी

Facebook
Twitter
WhatsApp

काठमाडौं । जनआस्था नामक अनलाइन पोर्टलले बिहीबार एउटा समाचार लेख्यो । जसमा सहकारी ठगी प्रकरणमा फरार रहेका जीवी राईले जनआस्थालाई इमेल पठाएको र सहकारी ठगीको मास्टरमाइन्ड रवि नै हुन् भनिएको छ ।

जनआस्थाले लेखेको मनगडन्ते समाचारमा रविकै कारण आफू नेपाल फर्कन नसकेको जीवीले इमेलमा बताएका भनिएको छ । सरासर हेर्दा नै यो समाचार फेक हो भन्ने पत्रकारिता गर्ने जो कोहीले पनि सहजै बुझ्छन् । तर कतिपय सर्वसाधारण भने झुक्किए ।

जनआस्थाले यो समाचारमा परकारिताको यसरी धज्जी उडाएको छ कि परकारिताका सामान्य मूल्य मान्यता पनि पालना गरिएको छैन । जनआस्थाले जीबी राईले पठाएको भनेको इमेल पेश गर्न सकेको छ न त अरू केही प्रमाण नै । यही विषयमा अमेरिकामा बसेर पत्रकारिता गर्दै आएका टंक दाहालले थप स्पष्ट पारेका छन् ।

उनले लेखेका छन्– जनआस्थाले एउटा समाचार छापेछ – जिबी राईबाट आएको इमेल भन्दै अनि अन्त्यमा चाही “यसको बास्तबिकता बुझ्ने काम हुदैछ भनेर लेखेछ” . छाप्नु अघि बास्तबिकता बुझ्नु पर्ने कि छापिसके पछि चाही बास्तबिकता बुझ्नु पर्ने हो? यो इमेल सत्य भए त धेरै राम्रो, यसले अर्को angle मा लैजाला यो केसलाई तर असत्य रहेछ भने के यसका सम्पादक जेल जाने हुन्? अस्ति सिधाकुराका मानिसहरु लाइ यहि कसुरमा जेल पठाएको होइन र? इमेलको ट्रेसिंग गर्न आउदैन भने मलाई forward गर, म १० मिनेट भित्रमा पत्ता लगाएर फिर्ता दिउला authentic हो कि होइन, कहाँबाट आएको हो भनेर तर पत्रकारिताको नाममा stunt बेच्ने काम बन्द हुनै पर्छ। मिडियाले आफ्नो विश्वसनीयता कायम राख्ने हो भने – पहिला verify, अनि मात्र public गर्ने बानि बसालौ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top