आइसिसी विश्वकप लिग–२ खेल्ने नेपाली टोली घोषणा

Facebook
Twitter
WhatsApp

काठमाडौं । अमेरिका र स्कटल्याण्डविरुद्ध हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को शृङ्खलाका लागि नेपाली टोली घोषणा गरिएको छ ।

नेपाल क्रिकेट सङ्घ ९क्यान०ले शनिबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको हो । टोलीका अन्य खेलाडीमा अनिल साह, कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, ललितनारायण राजवंशी, गुल्सन झा र रिजन ढकाल रहेका छन् ।

देव खनाल र सागर ढकाललाई रिजर्भमा राखिएको छ । लिग–२ मा नेपालले अमेरिका र स्कटल्याण्डसँग दुई दुई खेल खेल्ने छ । नेपालले पहिलो खेल आज राति घरेलु टोली अमेरिकासँग खेल्नेछ । उक्त खेल राति ९ः१५ बजे सुरु हुने छ । नेपालले दोस्रो खेल मङ्गलबार स्कटल्याण्डसँग खेल्नेछ ।

आइसिसी विश्वकप लिग–२ मा नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र युनाइटेड अरब इमिरेट्स ९युएई० सम्मिलित छन् । नेपाल आइसिसी विश्वकप लिग–२ को अङ्कतालिकामा सातौँ स्थानमा छ । नेपालले हालसम्म खेलेका आठ खेलमा एउटामा जित तथा ६ मा हारका साथ तीन अङ्क जोडेको छ । एउटा खेल वर्षाका कारण हुनसकेको थिएन ।

यस्तै अमेरिका हालसम्म खेलेका नौ खेलमध्ये ६ मा जित र तीनमा हारका साथ १२ अङ्क जोडेदै दोस्रो स्थानमा छ । स्कटल्याण्डले भने हालसम्म आठ खेल खेलेको छ । स्कटल्याण्ड पाँच खेलमा जित तथा दुईमा हार बेहोर्दै अङ्कतालिकामा चौथो स्थानमा रहेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top