पोखरा, ११ कार्तिक । रवि लामिछानेलाई थप बयानका लागि सरकारी वकिलको कार्यालय लगिएको छ।
रास्वपा सभापति लामिछानेलाई सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप छ। उनीमाथि कास्की प्रहरीले सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण र सहकारी ठगी आरोपमा अनुसन्धान गरिरहेको छ।
लामिछानेलाई दोस्रो पटक ७ दिनको म्याद थप गरिएको छ। कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेको अनुसन्धान म्याद १४ गतेसम्म छ।