नेशनल सोसल चेन्जमेकर्स अवार्ड २०२४ बाट युवा अभियान्ता बानियाँ सम्मानित

Facebook
Twitter
WhatsApp

काठमाडौं । नेपाल युवा परिषदका संस्थापक एवं केन्द्रिय अध्यक्ष तथा युवा अभियान्ता सरोज बानियाँ नेशनल सोसल चेन्जमेकर्स अवार्ड २०२४ बाट सम्मानित भएका छन् ।

लुम्बिनी वर्ल्ड पिस फोरमले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा युवा अभियान्ता बानियाँलाई पुरस्कृत गरिएको हो । बानियाँलाई युवा तथा सामाजिक रुपान्तरणका निरन्तर रुपमा कार्य गर्दै आएको हुनाले सम्मान गरेको आयोजक संस्थाका अध्यक्ष बासु गौतम जानकारी दिए ।

युवाका लागि दिगो शान्ति र सामाजिक उद्यमशीलता सम्बन्धी राष्ट्रिय सम्मेलन तथा राष्ट्रिय पुरस्कार वितरण कार्यक्रममा संघीय संसद, प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले पुरस्कृत गरेका हुन् । नेपाल युवा परिषदका संस्थापक एवं केन्द्रिय अध्यक्ष तथा युवा अभियान्ता बानियाँलाई करिब डेड दशक लामो युवाका क्षेत्रमा कार्य गरेको र ७७ वटै जिल्लाका युवाहरुलाई बिभिन्न कार्यक्रम तथा तालिम मार्फत सशक्तिकरण गर्दै युवाहरुलाई नेतृत्वदायी भुमिका ल्याउन योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो ।

विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका व्यक्तिलाई पुरस्कृत गरिएको उक्त कार्यक्रममा मानव अभिकार रक्षक एवं पत्रकार राजन कुईकेल र नेपाल युवा संस्था सन्जाल ९आयोन० का अध्यक्ष सुजता बराल पनि पुरस्कृत भए ।

सम्मेलनलाई सम्बोधन गर्दै सभापति खतिवडाले युवाका नाममा राजनीति गर्न आउनेले गलत कामको आड लिनु दूर्भाग्यपूर्ण भएको बताए । उनले युवाहरू कुनै राजनीतिक रंग नदिएर मुलुकलाई अगाडि बढाउन एकताबद्व भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । खतिवडाले युवाको मापदण्ड उमेर मात्र नभई समाजप्रतिको योगदान मुख्य कुरा भएको भन्दै सम्पूर्ण युवालाई देश र जनताप्रति समर्पित भएर अगाडि बढ्न आग्रह गरे ।

पुरस्कार वितरणका लागि गठित तीन सदस्यीय छनौट समितिमा ग्लोबल युथ पालिर्यामेन्टका अध्यक्ष दिवाकर अर्याल, रक्षा नेपालकी अध्यक्ष मेनुका थापा र पत्रकार एवं अनुसन्धानकर्ता गोविन्द मरासिनी रहेका थिए ।

कार्यक्रममा छनौट समितिका सदस्य अर्यालले सामाजिक उद्यमशिलता मार्फत् मुलुकको कायापलट गर्न सकिने भन्दै सकारात्मक योगदानका लागि सम्पूर्ण युवालाई आग्रह गरे ।

कार्यक्रममा लुम्बिनी वर्ल्ड पिस फोरमका अध्यक्ष बासु गौतमले समाज, देश र विश्वस्तरमा देखिएका जल्दाबल्दा समस्या समाधानमा युवा संलग्नता र हस्तक्षेप जरूरी परेको बताए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top