काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी उपसभापति धनराज गुरुङमाथि अनुसन्धान गर्न माग गरेका छन्।
काठमाडौंमा सोमबार राष्ट्र बैंकका कर्मचारीहरूले आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले उपसभापति गुरुङको संलग्नताको चर्चा भएकोले अनुसन्धान गर्न सरकारसँग माग गरेका हुन्।
‘कांग्रेसका उपसभापति धनराज गुरुङको संलग्नता सम्बन्धमा बाहिर चर्चा चलेको छ, सहकारीसम्बन्धी संसदीय समितिमा पनि यस विषयमा छलफल भयो, बहस भयो र थप अनुसन्धान गर्नुपर्छ, म त सरकारलाई यहीँबाट अनुरोध गर्न चाहन्छु– बकाइदा अनुसन्धान गर्नुस्। अनुसन्धान गर्नु पनि पर्छ,’ महामन्त्री थापाले भने।