काठमाडौं । काठमाडौंको लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा एकजना व्यवसायीमाथि निर्घात कुटपिट भएको छ ।
आइतबार नुवाकोट ककनी गाउँपालिका-६ घर भई टोखा नगरपालिका वडा नम्बर (३ बस्ने ३५ वर्षीय जग्गा व्यवसायी बिक्रम लामामाथि निर्घात कुटपिट भएको हो । उनीमाथि रड प्रहार भएको प्रहरीले जानकारी दिएको छ ।
गम्भीर घाइतेृभएका लामाको ग्रीन सिटी अस्पतालमा उपचार भइरहेको छ । यसैबीच प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शैलेन्द्र तामाङ भन्ने मार्सल छन्। अस्पतालको सीसीटिभी क्यामेरामा उनीमाथि चारजनाले कुटपिट गरेको देखिन्छ । फरार रहेका अन्य तीनजनाको खोजी भइरहेको प्रहरीले बताएको छ ।
पक्राउ परेका शैलेन्द्र र फरार रहेका अन्य तीनजना पनि नुवाकोटको ककनीका रहेका बताइएको छ ।