काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले सहकारी ठग जीवी राईका सल्लाहकारलाई सरकारले बचाइरहेको बताएका छन् ।
आज बालुवाटारमा आयोजित प्रदर्शनका क्रममा सम्बोधन गर्दै वाग्लेले जीवीका सल्लाहकार अहिले राष्ट्रपतिका सल्लाहकार रहेकामा सरकारले बचाइरहेको बताएका हुन् ।
उनले भने, ‘सरकारले प्रतिशोध राखेको भन्ने पुष्टी भइसकेको छ । त्यसको प्रतिवाद गरेका छौं । उहाँलाई जस्तै आरोप लागेको कांग्रेसका उपसभापति धनराज गुरुङ, एमालेका नेता ऋषिकेश पोखरेललाई पनि आरोप लागेको छ । तर, उहाँहरुलाई सत्ताले बचाइराखेको छ । जीबी राईका सल्लाहकार त अहिले राष्ट्रपतिका सल्लाहकार छन् ।’