नागढुङ्गा सहकारीको पाँच करोड हिनामिना

Facebook
Twitter
WhatsApp

पर्वत । फलेवास नगरपालिका–१ कार्किनेटामा सञ्चालित नागढुङ्गा बचत तथा ऋण सहकारी संस्थाको झण्डै रु पाँच करोड हिनामिना भएको छ । ग्रामीण क्षेत्रका नागरिकले सहकारीमा बचत गरेको रु चार करोड ८० लाख हिनामिना भएको हो ।

रकम हिनामिना भएका बचतकर्ताको उजुरीपछि सहकारीका कोषाध्यक्ष दीर्घनारायण शर्मा पक्राउ परेका छन् । तीन जनाविरुद्ध पक्राउ पूर्जी जारी भएकामा सहकारीका अध्यक्ष गिरीनारायण श्रेष्ठ र व्यवस्थापक अनिलबहादुर केसी फरार रहेका छन् ।

सहकारी रजिस्टारको कार्यालय गण्डकी प्रदेशले गरेको छानबिन अनुसार १९ जना प्रतिवादी छन् । उक्त सहकारीमा ६५० हाराहारीमा बचतकर्ता रहेको प्रहरीले जनाएको छ । सहकारी रजिस्ट्रारको कार्यालयले वित्तीय विश्लेषण गरी हिनामिना भएको रकम एक वर्षभित्र मिलाउन समय दिएको थियो ।

सञ्चालक समिति र व्यवस्थापक मिलेर अपचलन भएको रकम फिर्ता पाउन नसक्दा बचतकर्ता अहिले धेरै समस्यामा परेका छन् । कृत्रिम खातामार्फत कारोबार गर्ने, बचत र शेयर रकमको सफ्टवेटरमा हिसाबै नदेखाउने र व्यक्तिगत रुपमा खर्च गरेर गाउँलेको रकम हिनामिना गरी फरार हुन थालेपछि प्रहरीले तीन जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

गाउँलेले श्रमपसिना गरेर, बाख्रापाठा, अन्नपात बेचेर र विदेशमा कमाएर राखेको पैसा व्यवस्थापक तथा सञ्चालकले हिनामिना गरेका हुन् । व्यवस्थापक केसी दुई महिना अगाडि नै फरार भएका थिए भने अध्यक्ष गिरीनारायण श्रेष्ठ केही दिन अघिदेखि फरार भएका हुन् । अन्य सञ्चालकविरुद्ध पनि पक्राउ पूर्जी जारी गर्ने तयारी भएको प्रहरीले जानकारी दिएको छ । विसं २०६९ माघ ३ गते डिभिजन सहकारी कार्यालय बागलुङमा दर्ता भई सञ्चालमा आएको सहकारी डुबेपछि करिब ६५० बचतकर्ता समस्यामा परेका छन् ।

सहकारी संस्थामा आर्थिक हिनामिना भएको सुनेका गाउँलेले चिनेजानेकै गाउँकै मान्छेले खोलेको सहकारी डुब्ला भन्ने अनुमानसमेत नगरेको स्थानीय बचतकर्ता विष्णुकुमारी क्षेत्रीले बताए । यो सहकारीले पर्वतको कार्किनेटा, थापाठाना, शङ्करपोखरी खौला र ठूलीपोखरीलाई कार्यक्षेत्र बनाएको थियो । कार्कीनेटाकै तारा कार्कीले सानो चिया पसल चलाएर रु आठ लाख जमा गरेकामा अहिले दिनको भोक र रातको निन्द्रा हराएको बताए ।

फलेवास–१ का वडाध्यक्ष चोलाकान्त पाध्याले संस्थामा पैसा डुब्यो भनेर आएपछि सञ्चालकलाई राखेर सहजीकरण गर्ने प्रयास गरेको जनाउँदै बचतकर्ताको रकम जसरी पनि फिर्ता हुनुपर्ने स्पष्ट पारे ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top