पोखरा । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले आफूप्रति राजनीतिक प्रतिशोध साँधेको जनतालाई जानकारी गराउन पार्टीका नेताहरूलाई आग्रह गरेका छन् ।
आज हिरासतमा भेट्न पुगेका पार्टी उपसभापतिद्वय डीपी अर्याल, स्वर्णिम वाग्ले र प्रवक्ता मनिष झासँग कुराकानी गर्दै उनले राजनीतिक प्रतिशोध हो भन्ने कुरा बुझाउन चुक्न नहुने बताएका हुन् ।
सभापतिको भनाइ उद्धृत गर्दै प्रवक्ता झाले भने, ‘अहिले अनुसन्धान प्रक्रिया चलिरहेको छ । हामीले बाहिर बसेर गर्न सकिने विषय हुँदाहुँदै पनि मलाई यति गर्नु भनेको चाहिँ राजनीतिक प्रतिशोध हो । यो राजनीतिक प्रतिशोध हो भन्ने कुरा नागरिकलाई बुझाउन भ्याउनुभएको छ कि छैन, बुझाउनुस् । त्यसमा केन्द्रीय समिति र हाम्रा नेताहरु चुक्नुहुँदैन ।’