१४ अंकले बढ्यो नेप्से

Facebook
Twitter
WhatsApp

काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक १४ अंकले बढेको छ। परिसूचक सामान्य अंकले बढे पनि कारोबार भने १० अर्ब नाघेको छ।

बिहीबार २ करोड १६ लाख ६० हजार कित्ता शेयर खरिदबिक्री हुँदा १० अर्ब ३२ करोड ३ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ।

यो साता समग्रमा शेयर बजार १० प्रतिशतले बढेको छ। आइतबार परिसूचक २७३८ बिन्दुमा थियो। सोमबार २२ अंकले बढ्दै २७६० बिन्दुमा उक्लियो। मंगलबार र बुधबार भने बजारमा गिरावट देखियो। बुधबार बजार बन्द हुँदा परिसूचक २७३४.३८ बिन्दुमा थियो। बिहीबार परिसूचक २७४८.७९ बिन्दुमा पुगेर कारोबार रोकिएको छ।

बिहीबार १५९ कम्पनीको शेयर मूल्य बढेको छ। ७९ कम्पनीको घट्दा ६ कम्पनीको मूल्य स्थिर रह्यो। बिहीबार गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त, माथिल्लो हेवाखोला जलविद्युत् लगायत कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ।

कारोबार रकमका हिसाबले भने जानकी फाइनान्स लिमिटेड शीर्ष स्थानमा रह्यो। बिहीबार यसको ३५ करोड २५ लाख रुपैयाँको शेयर खरिदबिक्री भयो।

बिहीबार जलविद्युत् उपसमूहको सूचक १.३४ र विकास बैंक उपसमूहको सूचक १.२१ प्रतिशतले बढेको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top