झाँक्री प्रकाश भुजेललाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति

Facebook
Twitter
WhatsApp

काठमाडौं । सवारी दुर्घटनापछि पक्राउ परेका झाँक्री प्रकाश भुजेललाई अनुसन्धानका लागि पाँच दिन म्याद थपिएको छ ।

जिल्ला अदालत काठमाडौंले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । हिजो भुजेलले हाँकेको गाडीले ठक्कर दिएर एक मोटरसाइकल चालकको मृत्यु भएको थियो ।

केहीबेर फरार बनेका झाँक्रीले बेलुकी बौद्ध प्रहरीमा पुगेर आत्मसमर्पण गरेका थिए । उनलाई प्रहरीले सवारी ज्यान मुद्दा लगाउने तयारी गरेको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक नारायण नगरकोटीको उपचार क्रममा ग्राण्डी अस्पतालमा हिजो मृत्यु भएको थियो । पछाडि सीटमा बसेकी उनकी पत्नी सानुमाया नगरकोटी गम्भीर घाइते अवस्थामा उपचाररत छिन ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top