नेपालको पैसा नेपालमै रहनुपर्छ : दुर्गा प्रसाईं

Facebook
Twitter
WhatsApp

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सबै विद्यार्थीको प्लस टु पछिको शिक्षा नेपालमै हुनुपर्ने बताएका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले नेपालको पैसा नेपालमै रहनुपर्ने बताउँदै मेडिकल शिक्षा, इन्जिनियरिङ शिक्षा र पाइलटको पढाई समेत नेपालमै हुनुपर्ने बताएका हुन् ।

उनले भने, ‘पैसा भन्दा पनि ठूलो कुरा फस्ट नेपाल, फस्ट नेपाली र नेपालको पैसा नेपालमै रहनुपर्छ । सबै विद्यार्थीको प्लस टु माथिको पढाई नेपालमै हुनुपर्छ । मेडिकल शिक्षा नेपालमै हुनुपर्छ, इन्जिनियरिङ शिक्षा नेपालमै हुनुपर्छ, पाइलट ट्रेनिङ र पाइलटको पढाइ पनि नेपालमै हुनुपर्छ बाहिर जान नपरोस् र नेपालमा जे पनि सम्भव छ भन्ने उदेश्यका साथ म अगाडि बढेको छु ।’

साथै उनले मंसिर तीन गते नेताहरुको दिमाग हल्लिने भ्रष्टाचारका प्रमाण सहित प्रस्तुत हुने बताए । उनले तीन गते कसैले नसोचेको र नदेखेको कुरा कुन नेताको कुन कम्पनिमा कती लगानी छ भनेर सिग्नेचर सहित प्रस्ट पार्ने बताए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top