काठमाडौं । भूमि अधिकार संरक्षण संघर्ष समिति र गैर न्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले खोला तथा सडक मापदण्ड पूर्ण रुपमा खारेजीको माग गर्दै ¥याली निकालेको छ ।
बिहीबार ललितपुरको कुपण्डोलपुलबाट कंकेश्वरी मन्दिर परिसर इनाटोलमा भेला भएर माइतीघरसम्म खबरदारी ¥याली गरिएको हो ।
कार्यक्रममा सहभागी अभियान्ता राजाराम तन्दुकारले सहर सवारी साधन मैत्री होइन् जनतामैत्री हुनुपर्नेमा काठमाडौं महानगरले जनताको नीजि सम्पत्तिलाई बिना मुआब्जा, बिना क्षतिपूर्ति हड्प्ने, डोजर लगाउने जस्ता त्रासपूर्ण गलत कामहरु गरिहेको बताए ।
उनले अहिले आफूहरुले खबरदारी मात्र गरेको भन्दै माग पूरा नभए काठमाडौं महानगरका मेयर बालेन (वालेन्द्र) शाहलाई महानगर निषेध कार्यक्रम पनि घोषणा गर्ने चेतावनी दिए ।
उनले भने,‘सहर सवारी साधन मैत्री होइन्, जनतामैत्री हुनुपर्छ । जनताको नीजि सम्पतिलाई बिना मुआब्जा, बिना क्षतिपूर्ति हड्प्ने, डोजर लगाउने, त्रास सृजना गर्ने कामहरु गलत भइरहेको छ । हाम्रो खबरदारी मात्रहो, भएन भने हामी यस्तो काम गर्ने प्रमुखहरुलाई कार्यालय प्रवेश निषेध गर्छौं । जस्तै बालेनलाई हामी काठमाडौं महानगर निषेध कार्यक्रम पनि घोषणा गर्नसक्छौं ।’