यो व्यवस्था असफल, स्वाधिन संयुक्त सरकार अबको विकल्प : बास्तोला

Facebook
Twitter
WhatsApp

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आगामी माघ ४ गतेदेखि नवौं महाधिवेशन गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर पार्टीको हालै बसेको केन्द्रीय समिति बैठकले काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको जानकारी दिइएको हो ।

पार्टी महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले महाधिवेशनमा वैचारिक रुपमा वैज्ञानिक समाजवादको कार्यदिशा, राजनीतिकमा स्वाधीन संयुक्त सरकार, त्यसको सारमा राज्यप्रणाली, आर्थिक संरचना लगायतका विषयमा छलफल हुने जानकारी दिए ।

उनले दलाल संसदीय पुँजीवादीव् यवस्थाकै कारण जनतामाथि वित्तिय शोषण, जनताको सम्पत्तिको दोहन, मिटर ब्याजविरुद्ध चरणबद्ध आन्दोलन गर्ने बैठकले निर्णय गरेको समेत बास्तोलाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

अर्को प्रसंगमा महासचिव बास्तोलाले अहिलेको व्यवस्था संकटमा परेको बताउँदै समाधानको लागि स्वाधिन संयुक्त सरकार विकल्प भएको बताए । उनले अहिले देश पराधिन अवस्थामा पुगेको समेत बताए ।

‘देश अहिले पराधिन अवस्थामा गुज्रिरहेको छ, अहिलेको व्यवस्था असफल भइसकेको छ, संविधानले पनि जनताको अधिकारको रक्षागर्न नसक्ने ठाउँमा पुगेकोले यसलाई भंग गरेर देशलाई स्वाधिन बनाउन सबै राजनीतिक दलको सहभागितामा स्वाधिन संयुक्त सरकार गठन गरिनुपर्छ । संयुक्त सरकार जनताको अधिकारको रक्षागर्दै समाजवादी बाटोमा अगाडि बढ्नुपर्छ भन्ने हाम्रो पार्टीको धारणा रहेको छ’ बास्तोलाले भने ।

यही मंसिरमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा सन् २०१५ मे मा चीन र भारतबीच भएको समझदारीको २८ औं बुँदाबारे कुरा उठाउन बास्तोलाले सुझाव पनि दिए । उक्त बुँदामा चीन र भारतले नेपाली भूमि लिपुलेकलाई आफ्नो भूमि झैं गरी भएकोले उक्त समझदारीलाई खारेजीको लागि पहल गर्न प्रधानमन्त्रीको बास्तोलाले ध्यानाकर्षण समेत गराए ।

त्यस्तै, कालापानी, लिम्पियाधुरा–लिपुलेकलगायत नेपाली भूमि तत्काल छोड्न समेत नेकपा बहुमतले पार्टीले माग गरेको छ । उसले सन् १९५० लगायत सबै असमान सन्धितथा सम्झौताखाजेर गर्न समेत माग गरेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top