काठमाडौं । काठमाडौंको सिनामंगलको एक होटलमा श्रीमान–श्रीमती मृत फेला परेका छन् ।
मृत फेला पर्नेमा सुनसरी दुहवीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती रहेका छन् । उनीहरू जन्मभूमि होटलको बरण्डाको रेलिङमा कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्।
उनीहरू सन् २०२२ मा क्यानडा गएका २ वर्षपछि हिजो शनिबार काठमाडौँ फर्केर उक्त होटलको १२० नम्बर कोठामा बसेका थिए।
पारिवारिक कारण आत्महत्या गरको हुनसक्ने प्रहरीले आशंका गरेको छ।