सरकारले जोगायो मानव तस्कर गर्ने कोशीका पूर्वमन्त्री अधिकारीलाई, मुद्दा नचल्ने

Facebook
Twitter
WhatsApp

काठमाडौं । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने निर्णय भएको छ।

मुद्दा चलाउनलाई पर्याप्त आधार, प्रमाण नदेखिएको भन्दै जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मुद्दा नचलाउने निर्णय गरेको जिल्ला न्यायाधिवक्ता सिताराम रिजालले बताए। बाँकी ११ जनाविरुद्ध भने जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता गरिएको उनले बताए।

पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउने निर्णय गर्दा उनले जापानबाट नेपाल प्रहरीका डीआईजी चन्द्रकुवेर खापुङ र राजन अधिकारीलाई पठाएको म्यासेजलाई मुख्य आधार बनाइएको छ।

‘जापानबाट ३ जना डिपोर्ट भएर फर्किएको भएपनि पूर्व मन्त्रीज्यू चाहिँ आफैं अध्यागमनलाई जानकारी गराएर फर्किनु भएको थियो’, अर्यालले थपे, ‘उहाँले बयानका क्रममा पनि इन्कार गरेर मानव तस्करीको कुरा सोचेको पनि छैन भन्नुभएको छ।’

जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ परेका अधिकारीसहित ९ जना र फरार ३ जना गरी १२ जनालाई ३ वटा कसुरमा मुद्दा चलाउन राय दिइएको थियो। तर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मानव तस्करीमा उनको संलग्नता नदेखिएको भन्दै मुद्दा नचलाउने निर्णय गरेको हो ।

अधिकारी बाहेक अन्य ११ जनाविरूद्व भने मुद्वा चल्ने छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top