काठमाडौं । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज यस वर्षयताकै कममा झरेको छ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८:४५ बजे सार्वजनिक गरेको विवरणअनुसार उपत्यकाको न्यूनतम तापक्रम ७.६ डिग्री सेल्सियसमा ओर्लिएको हो। यो काठमाडौँ उपत्यकाका लागि २०८१ सुरु भएयताकै कम तापक्रम हो। यसअघि बिहीबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस थियो।
महाशाखाको सूचीमा आज सबैभन्दा कम जुम्लामा न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस छ। अनि सबैभन्दा बढी न्यूनतम तापक्रमचाहिँ बाँकेको नेपालगन्जमा १३.५ डिग्री सेल्सियस छ।