काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदै छ।
स्रोतका अनुसार सभापति लामिछानेलाई बिहीबार साँझ ५ बजे बुद्ध एअरको जहाजबाट काठमाडौं ल्याउन लागिएको हो।
सहकारी ठगी र सङ्गठित अपराध कसुरमा गत कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई कास्की प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको थियो।
सभापति लामिछानेमाथि स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको पनि अभियोग छ।